ग्लोबल अवारेनेसद्धारा पत्रकार जमुना वर्षा र समाजसेवी धनमाया गुरुङ सम्मानित

पाेखरा | फागुन २५, २०७९

ग्लोबल अवारेनेसद्धारा पत्रकार जमुना वर्षा र समाजसेवी धनमाया गुरुङ सम्मानित

पोखरा:   ग्लोवल अवारनेस फाउण्डेशन कास्की नेपालको प्रथम साधारण सभा एवम्  ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । 


लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा  गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गर्नु भएको हो । 


सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै शुरु भएको दिवसले पछिल्लो  समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राख्नुभयो । 


कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको बताउँदै आपनो भुमिकाको खोजि सहित महिला अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले आवाज कुनै छाल होइन तर उर्ले पछि परिवर्तन ल्याउने जनाउँदै आफनो अधिकार सहित कर्तब्यको पालना गरेर परिवर्तनको पाइला चाल्नु पर्ने बताउनु भयो । उहाँले सम्मानले आगामी दिनमा पत्रकारिता मार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न थप ऊर्जा मिलेको बताउनुभयो ।


संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताउनभयो । उहाँले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतना देखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुरयाएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताउनुभयो ।


कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्ँतोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्